आल्मुनियम,स्टील र ग्रील ब्यवसायी संघ धादिङको अध्यक्षमा आचार्य सर्वसम्मत चयन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ३२, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३२,धादिङ । आल्मुनियम,स्टील र ग्रील ब्यवसायी संघको अध्यक्षमा रमेश आचार्य सर्वसम्मत चयन भएका छन् । आज जिल्लाको गजुरी गाउपालिका अन्तर्गत घाटबेशीमा भएको जिल्ला भरीका आल्मुनियम,स्टील र ग्रील ब्यवसायीहरुको प्रथम भेलाले अध्यक्षमा रमेश आचार्य सर्बसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा गजुरी गाउपालिकाका सिता दुवाडी खनाल र नीलकण्ठ नगरपालिका ईश्वर श्रेष्ठ रहेका छन । महासचिबमा बेनिघाट रोराङ गाउपालिकाका दिपक कडेल, सचिवमा नीलकण्ठ नगरपालिकाका राजन थापा,कोषाध्यक्षमा धार्केका बिनेश तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा त्रिपुरासुन्दरी गाउपालिकाका रामशरण पन्त,नीलकण्ठ नगरपालिकाका गणेश श्रेष्ठ, धुनीबेशीका नगरपालिकाका सफल कुवर,दिपक खड्का, बेनिघाट रोराङ गाउपालिकाका नरेन्द्र ब. कटुवाल, सिद्धलेक गाउपालिकाका रेखमान गुरुङ,थाक्रे गाउपालिकाका रामकृष्ण सुनार,गल्छी गाउपालिकाका अर्जुन अधिकारी र यादब बिक रहेका छन ।

भेला आल्मुनियम,स्टील र ग्रील ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रुपेन्द्र बाँनियाको प्रमुख आतिथ्यता तथा गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र बस्नेतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा जिल्ला सदस्य दिपक लामिछाने,धादिङ उद्योग बाणिज्य महासंघका सचिव नृपेश न्यौपाने,घरेलु तथा साना व्यवासायी उद्योग संघ धादिङका अध्यक्ष बोधराज दवाडी लगायतको उपस्थिती थियो ।

नव निर्वाचित अध्यक्षले रमेश आचार्यले आफनो कार्यकालमा आल्मुनियम,स्टील र ग्रील ब्यवसायीहरुको हक हितमा उल्लेखिनिय काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस